Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अंकले बढेर १ हजार ९ सय ७६.२९को बिन्दुमा

प्रकाशित: October 2, 2023
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अंकले बढेर १ हजार ९ सय ७६.२९को बिन्दुमा

काठमाडौं। नेपालको सेयर बजारले विश्व लगानीकर्ता सप्ताहलाई स्वागत गरेको छ। आइतबारदेखि सुरु भएको लगानीकर्ता सप्ताहको पहिलो दिन साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.१९ अंकले बढेर १ हजार ९ सय ७६.२९को बिन्दुमा बन्द भएको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)द्वारा आयोजित कार्यक्रमको उद्घाटन शत्रमा अर्थमन्त्री डा. प्रकाशसरण महतले दिएको अभिव्यक्तिका कारण लगानीकर्ता हैसिएर लगानी बढाउँदा कारोबार पौने २ खर्ब रुपैयाँको भएको छ। मन्त्री महतले लगानीकर्ताको हितका लागि सरकारले नै आवश्यक काम गर्ने र सम्बन्धित नियामक निकायलाई गर्न लगाउने जस्ता अभिव्यक्ति कार्यक्रममा दिएका थिए।

उक्त दिन कारोबारमा आएका २ सय ८६ कम्पनीको ५७ लाख ३१ हजार ८ सय २४ कित्ता सेयर ८५ हजार ९७ पटक खरिद बिक्री भएको थियो। कारोबार रकमको आधारमा उक्त दिन एनआइसी एशिया बैंकको सर्वाधिक २१ करोड १५ लाख बढीको भएको छ।

प्रतिक्रिया