Pura Samachar

महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का

प्रकाशित: October 4, 2023
पूरा समाचार

महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का

काठमाडौं। चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कम्तिमा कास्य पदक जित्ने पक्का गरेको छ।महिला कबड्डी सेमिफाइनल पुगेसँगै कम्तिमा कास्य पदक पक्का भएको हो। कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।जारी एसियाडमा नेपालले एउटा पनि पदक जित्न सकेको छैन। र, यो नै पहिलो पदक हो ।

समूहगत चरणको खेलमा बुधबार बिहान इरानले बंगलादेशलाई हराएपछि नेपाली महिला कबड्डी टोलीले सेमिफाइनल यात्रा तय गरेपछि पदक पक्का भयो ।

“पहिलो सहभागितामै आफ्नो देशलाई पदक दिलाउन सफल भएका छौँ”, नेपाली महिला कबड्डी टोलीका प्रशिक्षक विष्णुदत्त भट्टले चीनको हाङझाउबाट रासससित कुरा गर्दै भनेका छन , “महिला कबड्डी टोलीले विश्वमा नेपालको इज्जत बढाएको छ, जारी एसियाली खेलकुदमा मुलुकलाई पदकविहीन हुनबाट जोगाउन सफल भयौँ ।” सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै कास्य पदकमा मात्र सीमित नरहने उनको विश्वास छ ।
नेपालले अब समूह ‘ए’को विजेता टोलीसित सेमिफाइनल खेल्ने छ ।  महिला कबड्डीतर्फ समूह ‘ए’मा भारत, थाइल्याण्ड, चाइनिज ताइपेइ र दक्षिण कोरिया छन् ।  महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो ।

प्रतिक्रिया