एकदिवसिय प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता इंग्ल्याण्ड र उपविजेता न्युजिल्याण्ड अहम्दाबादस्थित नरेन्द्र मोदी रंगशालामा अहिले खेलिरहेको छ ।
टस हारेर पहिला ब्याटिङमा उत्रिएको विश्व विजेता इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८२ रन जोडेको छ ।
जस अनुसार जवाफी ब्याटिङमा उत्रिन लागेको न्युजिल्याण्डले अब जितका लागि २८३ रनको विजयी लक्ष्य पछ्याउनेछ ।
इंग्ल्याण्डका लागि जोय रुटले ८६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको अर्धशतकिय पारी खेल्दा कप्तान तथा विकेटकिपर जोस बटलर ४२ बल खेल्नेक्रममा २ चौका र २ छक्का प्रहार गर्दै ४३ रनमा पेविलियन फर्किए ।
त्यस्तै, ओपनर ब्याट्सम्यान जोनी ब्यास्टोले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३३ रन बनाएर पेविलियन फर्किदा ह्यारी ब्रुकले १६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २५ रन जोडेर आउट भए ।
यता, लाइम लिभिङस्टोङले २२ बलमा ३ चौका प्रहार गर्दै २० रन जोडेर आउट हुँदा ओपनर ब्याट्सम्यान डविड मलानले २४ बलको सामना गर्दा २ चौका प्रहार गर्दै १४ रन जोड्ने क्रमममा आउट भए ।
साम करनले १९ बल समाना गर्ने क्रममा १४ रन जोड्दै पेविलियन फर्किदा माइन अली भने १७ बलमा १ चौका मद्दतमा ११ रन जोड्दै पेविलियन फर्किए ।
त्यस्तै, क्रिस वक्सले १२ बलमा १ चौका प्रहार गर्दै ११ रन जोड्दै पेविलियन फर्किदा अदिल राशिदले १३ बलमा १ छक्का प्रहार गर्दै १५ रनमा अविजित रहे ।
यता, मार्क उडले १२ बलमा १४ बलमा १३ रन जोडेर अविजित रहे । इंग्ल्याण्डले अतिरिक्त रुपमा ६ रन जोड्यो ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले १० ओभर बलिङ गर्नेक्रममा १ मेडन राख्दै ४८ रन दिएर ३ विकेट लिँदा मिट्चेल सान्टनेरले १० ओभर बलिङ गर्दा ३७ रन दिएर २ विकेट लिए ।
त्यस्तै, ग्लिन फिलिप्सले ३ ओभर बलिङ गरेर १७ रन दिँदै २ विकेट लिँदा ट्रेन्ट बोल्ड र रचिन रविन्द्रले समान १–१ विकेट लिए ।













प्रतिक्रिया