
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई एक सय २ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।
जितका लागि ४ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका ४४ ओभर ५ बलमा ३ सय २६ रनमा अलआउट भयो । श्रीलंकाका चरिथ असलंकाले सर्वाधिक ७९ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।
प्रतिक्रिया