Pura Samachar

बस दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित: October 8, 2023
पूरा समाचार

बस दुर्घटना  २ जनाको घटनास्थलमै मृत्यु

सल्यानको कपुरकोट गाउँपालिका-३ मुलपानीस्थित सडकमा दाङको तुल्सीपुरबाट सल्यानको जयचौरतर्फ आउँदै गरेको ना.६ ख ५४६३ नम्बरको बस सडकबाट करिब ७० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा बसमा सवार त्रिवेणी गाउँपालिका-६ बस्ने ४४ वर्षीया अनिता बोहरा र दाङ तुलसीपुर उपमहानगरपालिका-६ बस्ने ३१ वर्षीया सुनिता सुनार रहेका छन्। दुर्घटनामा घाइते भएका २१ जनामध्ये १ जनाको सिटि अस्पताल, १ जनाको मेडिकल कलेज कोहलपुर, २ जनाको  नर्सिङ होम नेपालगंजमा उपचार भइरहेको छ भने १७ जना उपचार पश्चात डिश्चार्ज भएका छन्। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया