
काठमाडौं- इजरायलमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको ज्यान गएको छ।
प्रभावित क्षेत्रमा रहेका १७ जनामध्ये दुई जना सुरक्षित रहेको, चार जना अस्पतालमा उपचाररत रहेको, एकजना सम्पर्कमा नरहेको र १० जनाको मृत्यु भएको जानकारी इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई गराएको छ।
मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन। मृत्यु हुनेमा मृत्यु हुनेमा दार्चुलाका लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकमका दिपेशराज बिष्ट रहेका छन्। सल्यानका प्रवेश भण्डारी, डोटीका पदम थापा र राजन फुलारा रहेका छन्। त्यस्तै कैलालीका नारायणप्रसाद न्यौपाने, आशिष चौधरी, बझाङका गणेशकुमार नेपाली, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको निधन भएको दूतावासले जानकारी दिएको छ।
प्रतिक्रिया