Pura Samachar

देशभरकाे माैसम सामान्यतया सफा रहने

प्रकाशित: October 9, 2023
पूरा समाचार

देशभरकाे माैसम सामान्यतया सफा रहने

काठमाडौं ।  देशभरको मौसम प्रणालीमा सुधार आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली नेपालबाट बाहिरिएसँगै मौसम सुधार भएकाे हाे ।

“मौसम विस्तारै सुधार हुँदै गएको छ । देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ, उक्त प्रणाली उत्तर पश्चिमतर्फ सर्ने क्रममा रहेकाले त्यो पनि विस्तारै कमजोर हुने देखिन्छ । भारतको सिक्किम आसपास र बङ्गलादेशतिर यसले असर गर्ने देखिन्छ”, उहाँले भन्नुभयो ।

मौसमविद् झाका अनुसार देशभर सामान्यतया मौसम सफा छ ।

महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, साेमबार राति देशभरकाे माैसम सामान्यतया सफा रहने बताइएकाे छ । देशका केही भेगमा सामान्य तथा मध्यम वर्षा हुन सक्ने महाशाखाकाे पूर्वानुमान छ ।

प्रतिक्रिया