
काठमाडौं । इजरायलमा जारी द्वन्द्वमा परेका नेपाली नागरिकको उद्धारका विषयमा आवश्यक निर्णय गर्न आज दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दैछ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो चार बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ पाँच बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले जानकारी दिए ।
बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारेमा आवश्यक निर्णय लिनेछ ।
इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउद संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक पनि अहिले परराष्ट्र मन्त्रालयमा बसिरहेको छ।हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको ज्यान गएको छ । एक जना अझै बेपत्ता छन् ।
प्रतिक्रिया