Pura Samachar

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

प्रकाशित: October 9, 2023
पूरा समाचार

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज मङ्गलबार सङ्घीय संसद्भवन नयाँ वानेश्वरमा बस्दै  ।

कांग्रेस संसदीय दलले  एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

प्रतिक्रिया