
काठमाडौं । गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा आज राष्ट्रिय शाेककाे घाेषणा गरिएकाे छ ।
राष्ट्रिय शाेककाे घाेषणा गरिएकाे तर सार्वजनिक बिदा नदिइएकाे साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले निर्णय गरेकाे हाे ।
मंगलबार सरकारी कार्यालय तथा विदेशस्थित कुटनीतिक नियाेगहरूमा झण्डा आधा झुकाइने सरकारकाे निर्णय छ ।
त्यस्तै, मृतक नेपालीहरूकाे सम्झनामा साेमबार साँझ माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ ।
लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो।
दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।
प्रतिक्रिया