
काठमाडौं । मंगलबार देशभरको मौसम मध्यम रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बाग्मती र गण्डकी प्रदेशका केही भेगमा सामान्य बदली रही हल्का वर्षा हुने महाशाखाकाे भनाइ छ ।
मौसममा सुधार भइरहेकाे र देशको पूर्वी भेगमा न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेका महाशाखाले जारी गरेकाे बुलेटिनमा जनाइएकाे छ ।
महाशाखाको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिनमा अहिले कोशी र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेश थोरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, मंगलबार राति देशभरकाे माैसम सामान्यतया सफा रहने बताइएकाे छ । देशका केही भेगमा सामान्य तथा मध्यम वर्षा हुन सक्ने महाशाखाकाे पूर्वानुमान छ ।
प्रतिक्रिया