Pura Samachar

राष्ट्रिय सभाको बैठक स्थगित

प्रकाशित: October 10, 2023
पूरा समाचार

राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौंः राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । मंगलबार बिहान ११ः०१ बजे बस्ने गरी तोकिएको बैठक संघीय संसद् सचिवालयले एक सूचना टाँस गरी बैठक स्थगित गरिएको जानकारी दिएको हो ।

इजरायलमा मारिएका नागरिकको सम्मानमा नेपाल सरकारले आज (मंगलबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही कारण राष्ट्रिय सभा बैठक स्थगित भएको हो ।

राष्ट्रिय सभाको अर्को बैठक असोज २६ गते बिहान ११ः३१ मा बस्ने सूचनामा उल्लेख छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले मंगलबार राष्ट्रिय शोक मनाइने र त्यसक्रममा देशभरका सरकारी कार्यालयहरु र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरेको थियो ।

प्रतिक्रिया