मंगलवार भएको पहिलो खेलमा साविक विजेतासमेत रहेको इंग्ल्याण्डले बंगलादेशमाथि १३७ रनको फराकिलो जित हासिल गरेको हो ।
महत्वपूर्ण जितसंगै इंग्ल्याण्डले समूह चरणमा २ खेल खेलिसक्दा १ जित र १ हारसहित तालिकामा २ अंक जोडेको छ । पराजित बंगलादेशले पनि २ खेलमा २ अंक नै जोडेको छ ।
भारतको हिमाञ्चल प्रदेश धर्मशालास्थित हिमाञ्चल प्रदेश क्रिकेट एशोसियन रंगशालामा भएको खेलमा ३६५ रनको विशाल विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको बंगलादेश ४८.२ ओभरमा अलआउट हुन पुग्दा मात्र २२७ रनमा समेतियो ।
बंगलादेशका लागि ओपनर ब्याट्सम्यान लिटन दासले ६६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७६ रनको अर्धशतकिय पारी खेल्दा विकेटकिपर मुश्फिक्यिुर रहिमले ६४ बल खेल्नेक्रममा ४ चौका प्रहार गर्दै ५१ रनको अर्धशतकिय पारी खेल्दै पेविलियन फर्किए ।
त्यस्तै, तौहिद हृदयले ६१ बलको सामना गर्दा २ चौका प्रहार गर्दै ३९ रन जोड्दै आउट हुँदा माहिदी हसनले ३२ बलमा १ चौका प्रहार गरेर १४ रन जोडेर पेविलियन फर्किए ।
यता, तास्किन अहमेदले २५ बलमा १ छक्का प्रहार गर्दै १५ रन जोडेर पेविलियन फर्किदा शोरिफुल इस्लाम १४ बलमा २ चौका प्रहार गर्दै १२ रनमा आउट भए ।
मेहिदी हसन ८, कप्तान सकिब अल हसन र तान्जिद हसन समान १–१ रनमा आउट हुँदा नाजिमुल हुसेन शान्तो शुन्य रनमा पेविलियन फर्किए ।
त्यस्तै, मुस्ताफिजुर रहमान ३ रनमा अविजति रहे । बंगशालादेशले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
बंगलादेशलाई सस्तैमा अलआउट गर्न इंग्ल्याण्डका लागि रेस टोप्लेले १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ४३ रन दिएर ४ विकेट लिँदा क्रिस ओवाकेसले ८ ओभर बलिङ गर्दै ४९ रन दिएर २ विकेट लिए ।
त्यस्तै, साम करन, मार्क उड, अडिल राशिद र लैम लिभिङस्टोनले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा उत्रिएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २६४ रन जोड्यो ।
साविक विजेता टोलीका लागि ओपनर ब्याट्सम्यान डेविड मलानले १०७ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक १४० रनको शतकिय पारी खेल्दा जोय रुटले ६८ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गर्दै ८२ रनको अर्धशतकिय पारी खेल्दै आउट भए ।
त्यस्तै, अर्का ओपनर ब्याट्सम्यान जोनी बाइरस्टोले ५९ बलमा ८ चौका प्रहार गर्दै ५२ रन जोड्दै पेविलियन फर्किदा कप्तान तथा विकेटकिपर जोस बटलरले १० बलमा १ चौका र १ छक्का प्रहार गर्दै २० रन जोड्दै आउट भए ।
यता, ह्यारी ब्रुकले १५ बलमा ३ चौका प्रहार गर्दै २० रन जोड्दै आउट हुँदा क्रिस ओवाकेसले ११ बलमा २ चौका प्रहार गर्दै १४ रन बनाएर पेविलियन फर्किए ।
त्यस्तै, साम करनले १५ बलको सामना गर्दा १ चौका मद्दतमा ११ रन जोडेर पेविलियन फर्किदा अदिल राशिदले पनि ७ बलमा १ चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए ।
लैम लिभिङस्टोन शुन्य रनमा पेविलियन फर्किदा मार्क उड ६ र रेस टोप्ले १ रनमा अविजित रहे ।
इंग्ल्याण्डले अतिरिक्त रुपमा ७ रन जोड्यो ।
बंगलादेशका लागि माहिदी हसनले ८ ओभर बलिङ गर्दा ७१ रन दिएर ४ विकेट लिँदा शोरिफुल इस्लामले १० ओभर बलिङ गर्नेक्रममा ७५ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, कप्तान सकिब अल हसज र तास्किन अहमेदले समान १–१ विकेट लिए ।
प्रतियोगिताअन्तर्गत भोली (बुधवार) घरेलु टोली भारत र अफगानिस्तानबीच खेल हुनेछ ।













प्रतिक्रिया