Pura Samachar

आइसिसी विश्वकप २०२३ : भारतले अफगानिस्तानसँग खेल्दै

प्रकाशित: October 11, 2023
पूरा समाचार

आइसिसी विश्वकप २०२३ : भारतले अफगानिस्तानसँग खेल्दै

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा आज घरेलु टोली भारतले अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २: १५ मा अरुण जेट्ली स्टेडियम दिल्लीमा सुरु हुनेछ ।

पहिलो खेलमा अष्ट्रेलियालाई हराएको भारतको मनोबल उच्च छ । जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले ३–२ को अवस्थाबाट पूरा गरेको थियो । विराट कोहलीले ८५ र लोकेश राहुलले ९७ रन बनाएका थिए ।

भारतको ब्याटिङ लाइनअप उत्कृष्ट छ । ओपनर शुभमन गिल डेग्रीको कारण आजको खेल पनि गुमाउनेछन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध शून्यमा आउट भएका रोहित शर्मा, ईशान किशन र श्रेयस ऐरबाट आजको खेलमा सानदार प्रदर्शन चाहन्छ । शनिबार पाकिस्तानसँग खेल्नेछ ।

पाकिस्तानसँग खेल्नुअघि यी तीन ब्याटरबाट राम्रो प्रदर्शन चाहन्छ । पाकिस्तान भने श्रीलंकाले दिएको ३ सय ४५ रन पूरा गर्दै उच्च मनोबलका साथ अहमदाबाद भारतसँग खेल्न जाने भएको छ ।

भारतका कोहली प्रमुख ब्याटर हुन् । उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । चोटपछि टोलीमा फर्किएका राहुलले पनि सानदार प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा हार्दिक पान्ड्या र रविन्द्र जडेजा हुनेछन् । दिल्लीको पिच हुँदा रविन्द्रन आश्विन, रविन्द्र जडेजा र कुलदीप यादव स्पिनरको रुपमा निरन्तरता पाउनेछन् ।

दिल्लीको बाउन्ड्री छोटो छ । त्यसैको फाइदा उठाउँदै दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ४४.५ ओभरमा ३ सय २६ रन बनाएको थियो ।

आजको खेलमा पनि रनको वर्षा हुनसक्छ । तर दिल्लीको पिच स्पिनर सहयोगी मानिन्छ । स्पिन आक्रामण अफगानिस्तानको यस विश्वकपकै एक उत्कृष्ट पर्दछ । विश्व क्रिकेटका स्टार लेगस्पिनर राशिद खान, मोहम्मद नाबी र मुजिब उर रहमानको स्पिन आक्रामण खेल्न भारतीय ब्याटरलाई सहज भने पक्कै छैन ।

अफगानिस्तानले भने थप स्पिनर थप्नसक्छ । आइपिएल खेलि सकेका नुर अहमदका साथ चार स्पिनर खेलाउन सक्छ । दिल्लीको पिच स्पिनर सहयोगी हुँदा चार स्पिनरका साथ खेल्ने सम्भावना छ । नविन उल हक र आजमतुल्लाह ओमरजाई मध्य एकलाई बेन्चमा राख्न सक्छ ।

अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानमा अफगानिस्तानको ब्याटिङ निर्भर छ । यी दुई ब्याटरको प्रदर्शनमा अफगानिस्तानको योगफल निर्भर हुनसक्छ ।

बंगलादेशविरुद्ध ८३–१ को अवस्थाबाट १ सय ५६ रनमा अल आउट भएको थियो । गुरबाजको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।

भारतले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । अष्ट्रेलियासँगको टोलीलाई नै निरन्तरता दिने देखिन्छ ।

प्रतिक्रिया