Pura Samachar

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने

प्रकाशित: October 11, 2023
पूरा समाचार

अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा आज घरेलु टोली भारतविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । अरुण जेट्ली स्टेडियम दिल्लीमा अफगानिस्तानका कप्तान हश्मातुल्लाह शाहिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अफगानिस्तान पहिलो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

जितको लागि २ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले ३–२ को अवस्थाबाट पूरा गरेको थियो । विराट कोहलीले ८५ र लोकेश राहुलले ९७ रन बनाएका थिए ।

भारतले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । अनुभवी स्पिनर रविन्द्रन आश्विनलाई बेन्चमा राख्दै शार्दुल ठाकुरलाई मौका दिएको छ । ब्याटिङ मजबुत गराउन शार्दुललाई मौका दिएको हो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानमा अफगानिस्तानको ब्याटिङ निर्भर छ । यी दुई ब्याटरको प्रदर्शनमा अफगानिस्तानको योगफल निर्भर हुनसक्छ ।

बंगलादेशविरुद्ध ८३–१ को अवस्थाबाट १ सय ५६ रनमा अल आउट भएको थियो । गुरबाजको ब्याटिङ निकै महत्वपूर्ण हुनेछ ।

प्रतिक्रिया