Pura Samachar

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले साउथ अफ्रिकालाई हरायाे

प्रकाशित: October 18, 2023
पूरा समाचार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले साउथ अफ्रिकालाई हरायाे

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले साउथ अफ्रिकालाई हराएको छ । मंगलबार धर्मशालामा भएको खेलमा साउथ अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग हारेको हो ।

नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य सहित मैदान उत्रिएको साउथ अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।

डेभिड मिल्नरले सर्वाधिक ४३ रनको योगदान गरे । पुछारमा आएका केशव महाराजले ४०, हेनरिक क्लासेनले २८ रन जोडे । जेराल्ड कोएत्जी २२, क्विनटन डी कोक २० रनमा आउट भए ।

डच टिमका लोगान भान विकले सर्वाधिक ३ विकेट लिए । बास डी लिडे, रुलोफ वान डेर, पाउल वेन मिकेरेनले समान २ तथा कालिन एकरमेनले १ विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो । कप्तान स्काट एडवर्ड्सले नटआउट ७८ रन बनाएको इनिङ्समा रुलोफ वान डेरले २९ रनको योगदान गरेका थिए । आर्यन दत्त २३ रनमा अविजित रहेका थिए । अन्यको प्रर्दशन उल्लेख्य थिएन ।

साउथ अफ्रिकाका लुंगी एनगिडी, मार्को जानसन, कगिसो रबाडाले समान तीन तथा जेराल्ड कोएत्जी र केशव महाराजले समान एक विकेट लिएका थिए ।

नेदरल्याण्ड्सले तेस्रो खेलमा आएर जित दर्ता गर्यो र अर्को अप्रत्यासीत जित आत्मसाथ गर्यो । साउथ अफ्रिका तेस्रो खेलमा आएर पराजित बन्यो र कमजोर मानिएको नेदरल्याण्ड्ससँग स्तब्ध बन्यो ।

प्रतिक्रिया