Pura Samachar

सुनको मूल्य बढ्दै

प्रकाशित: October 18, 2023
पूरा समाचार

सुनको मूल्य बढ्दै

काठमाडौं । दसैं नजिकिँदै जाँदा सुनको मूल्य पनि बढ्दै गएको छ । बुधवार एकैदिन छापावाला सुनको भाउ प्रतितोला १ हजार ३०० रुपैयाँले वृद्धि भएको छ ।

मंगलबार १ लाख ११ हजार ९०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर १ लाख १३ हजार २०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख १२ हजार रुपैयाँ कायम गरिएको छ । मंगलबार १ लाख ११ हजार ३५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रतिक्रिया