Pura Samachar

आजको राशिफल

प्रकाशित: October 20, 2023
पूरा समाचार

आजको राशिफल

मेष–कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।

वृष–आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग पनि रहेको छ ।

मिथुन–अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

कर्कट–विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

सिंह–मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

कन्या– मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।

तुला– परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । सुखद् यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि भएकाहरूका लागि आज समय मध्यम रहनेछ । उचित सोचविचार नगरी बोल्दा र हतारमा निर्णय लिँदा काममा समस्या हुने तथा आफन्तसँग वैरभाव हुन सक्छ। संचित धनको नाश हुन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान लगाउँदा राम्रो परिणाम प्राप्त हुन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धनु राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट प्रथम स्थानमा रहने भएकाले आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मकर राशि भएकाहरूका लागि आज समय सामान्य रहनेछ । चन्द्रमाको गोचर आज राशिबाट द्वादश अर्थात् बाह्रौँ  स्थानमा रहने भएकाले आम्दानी भन्दा खर्च बढ्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने अवस्था सिर्जना हुन सक्छ भने जागिरमा प्रतिष्पर्धीबाट बाधा हुने तथा कामको उचित जस नमिल्ने समय छ। स्वास्थ्य कमजोर रहन सक्ने भएकाले ध्यान दिनुपर्छ। अनावश्यक पारिवारिक विवाद नगर्दा नै राम्रो हुन्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

कुम्भ राशि भएकाहरूका लागि आज दिन राम्रो रहनेछ। रोकिएका आर्थिक लेनदेन मिल्ने र हात लाग्नुपर्ने धन मिल्न सक्छ। आफुभन्दा अग्रजको साथ सहयोग मिल्न सक्छ। पारिवारिक तथा प्रेम जीवन सुखमय रहन सक्छ। विद्यार्थीले पढाईमा उचित ध्यान दिएर राम्रो नतिजा प्राप्त गर्न सक्छन्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मीन राशि भएकाहरूका लागि आज नयाँ कामको थालनी गर्नको लागि समय राम्रो छ। कार्यक्षेत्रमा रहेका विघ्नबाधा हटेर सहज वातावरण बन्न सक्छ। आयआर्जन बढ्नुका साथै साथीभाईको सहयोग मिल्न सक्छ। पढाईमा फाइदा हुने योग छ।

प्रतिक्रिया