Pura Samachar

भारतले बंगलादेशलाई ७ विकेटले हरायाे

प्रकाशित: October 20, 2023
पूरा समाचार

भारतले बंगलादेशलाई ७ विकेटले हरायाे

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई ७ विकेटले हराएको छ ।

लगातार चौथों जित निकाल्ने क्रममा भारतले पुनेमा भएको खेलमा बंगलादेशलाई हराएको हो ।

भारतको जितमा विराट कोहलीले शतकीय इनिङ्स खेले ।

बंगलादेशले प्रस्तुत गरेको २ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा विराटले अविजित १ सय ३ रनको शतकीय इनिङ्स खेले । उनले ६ चौका र ४ छक्काको मदतले सो रन खडा गरेका थिए ।

भारतले ४१ दशमलव ३ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

विराट बाहेक सुभमन गिलले ५३ र कप्तान रोहित शर्माले ४८ रन बनाए । केएल राहुल ३४ रनमा नटआउट रहे । श्रेयस एयरले १९ रनको योगदान गरे ।

बंगलादेशका मेहदी हसन मेराजले २ तथा हसन महमुदले १ विकेट हात पारे ।

सुरुआती ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतीमा २ सय ५६ रन बनाएको थियो ।

लिटोन दासले ६६ रन बनाएको इनिङ्समा तान्जिद हसनले ५१ रन बनाए । महमुदुल्लाहले ४६ र मुश्फिकुर रहिमले ३८ रनको योगदान गरे । अन्यको प्रर्दशन खासै उल्लेख्य रहेन ।

भारतमा रबिन्द जडेजा, जसप्रीत बुम्राहा र मोहमद सिराजले समान २ तथा सार्दुल ठाकुर र कुलदिप यादवले समान एक विकेट हात पारे ।

भारत चार खेलमा सतप्रतिशत जित निकाल्दै ८ अंक जोेडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको न्युजिल्याण्डको समेत समान ८ अंक छ । बंगलादेश प्रतियोगितामा एउटा जित दर्ता गर्दै सातौं स्थानमा छ ।

प्रतिक्रिया