
काठमाडौं ः आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज भारत र न्यूजिल्याण्ड भिड्दैछन्।
समान ४ खेलमा अपराजित यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे हिमाचल प्रदेशको धर्मशालामा हुँदैछ। दुवै टोली निरन्तर पाँचौ जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्। ४ खेलबाट ८ अंक जोडेको न्यूजिल्याण्ड नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ भने समान खेलबाट समान अंक जोडेको भारत दोस्रो स्थानमा छ।
गत जनवरीमा न्यूजिल्याण्डले गरेको भारत टुरका क्रममा भारतले तीनैवटा एक दिवसीय खेल जित्दै क्लिन स्वीप गरेको थियो। तर, विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड उत्कृष्ट लयमा देखिएको छ।
जसका कारण आजको खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। यसअघि गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले इङ्ल्याण्डविरुद्ध शानदार जित निकालेको छ।
वाङ्खडे स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले इङल्याण्डविरुद्ध २ सय २९ रनको जित निकालेको हो।
प्रतिक्रिया