Pura Samachar

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायाे

प्रकाशित: October 24, 2023
पूरा समाचार

अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायाे

एजेन्सी । भारतमा जारी एकदिवसीय विश्वकपमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक पराजित गरेको हो ।

पाकिस्तानले जीतका लागि प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभरमा मात्र २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो । टोलीका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाज र इब्राहिम जाडरानले शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । गुरबाजले ६५ रन तथा जाडरानले ८७ रनको पाली खेले ।

यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । टोलीका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रनको योगदान दिए ।

त्यस्तै, ओपनर अब्दुल्लाह सफिकले ५८ रन बनाए भने शादाब खान र इफ्तिकार अहमदले समान ४०–४० रन बनाए । अफगानिस्तानका लागि युवा खेलाडी नूर अहमदले ३ विकेट लिए भने नवीन उल हकले २ विकेट लिए ।

प्रतिक्रिया