Pura Samachar

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन

प्रकाशित: October 25, 2023
पूरा समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन

काठमाडौं, ८ कात्तिक । सोलुखुम्बुमा गएको असोज २७ गते मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका पाइलट प्रकाश सेढाईंको निधन भएको छ। उपचारको क्रममा उनको भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा मंगलबार उनको निधन भएको हो ।

क्याप्टेन सेढाईंले चलाएको मनाङ एयरको (९एन–एएनजे) हेलिकप्टर असोज २७ गते सोलुखुम्बुमा दुर्घटनामा परेको थियो । घाइते पाइटलको काठमाडौंको ह्याप्स हस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि मुम्बई लगिएको थियो।

मुख, हातखुट्टा लगायत शरीरको ४५ देखि ५० प्रतिशत भाग जलेको कारण उनको फोक्सो र मेरुदण्डको हड्डी तथा किड्नीमा पनि त्यसले असर गरेपछि उनलाई बचाउन नसकिएको चिकित्सकले बताएका छन्।

प्रतिक्रिया