
आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा नेदरल्यान्ड्सले दोस्रो जित निकालेको छ। शनिबार कोलकतामा भएको खेलमा नेदरल्यान्ड्सले बंगलादेशमाथि ८७ रनको जित निकाल्यो।
नेदरल्यान्ड्सले दिएको २३० रनको लक्ष्य पछ्याएको बंगलादेश ४२.२ ओभरमा १४२ रनमै अलआउट भयो। उसका लागि मेहदी हसन मिराजले सबैभन्दा बढी ३५ रन जोडे।
बंगलादेशका अन्य ब्याटर सस्तैमा आउट हुँद नेदरल्यान्ड्सका लागि पाउल भान मीकेरेनले ४ विकेट लिन सफल भए। उनले ७.२ ओभरमा २३ रन खर्चिए।
नेदरल्यान्ड्सका लागि कप्तान स्कट इडवार्ड्सले ६८ रन तथा वेस्ली वारेसीले ४१ रनको योगदान दिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ५० ओभरमा २२९ रनमा अलआउट भयो।जारी विश्वकपमा दोस्रो जित पारेको एक मात्र एसोसिएट टिम नेदरल्यान्ड्सले यसअघि अंक तालिकाको शीर्ष टिम दक्षिण अफ्रिकालाई ३८ रनले हराएको थियो।
प्रतिक्रिया