Pura Samachar

आईसीसी विश्वकप: अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित

प्रकाशित: October 31, 2023
पूरा समाचार

आईसीसी विश्वकप: अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित

काठमाडौं : आईसीसी विश्वकपमा अफगानिस्तानसँग श्रीलंका सात विकेटले पराजित भएको छ।

भारतको महाराषट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो। ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए। अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५ दशमलव २ ओभरमा तीन विकेट गुमाएर २४२ रन बनायो।

त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए । दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे। यस्तै रहमत शाहले पनि ६२ रन बनाए।
जीत पछि अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक सहित भारत पहिलो स्थानमा छ।

प्रतियोगिता अन्तरगत आज पाकिस्तान र बंगलादेशबीच खेल हुनेछ।

प्रतिक्रिया