Pura Samachar

अर्जेटिन्नी स्टार लियोनल मेस्सीले आठौं पटक फूटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर जिते

प्रकाशित: October 31, 2023
पूरा समाचार

अर्जेटिन्नी स्टार लियोनल मेस्सीले आठौं पटक फूटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर जिते

काठमाडौं । अर्जेटिन्नी स्टार लियोनल मेस्सीले आठौं पटक फूटबलको प्रतिष्ठित अवार्ड बालोन डिओर जितेका छन् । फ्रान्सको पेरिसमा आयोजित कार्यक्रममा मेस्सीलाई २०२३ को उत्कृष्ट खेलाडि घोषणा गरिएको हो ।

यो वर्ष उनले आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जिताएका थिए । उनले म्यानचेस्टर सिटीका नर्वेजियन फरवार्ड हालाण्डलाई पछि पारेर अवार्ड जिते ।

मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा पनि यो अवार्ड जितेका थिए । मेस्सीले सबैभन्दा धेरै पटक बालोन डिओर जितेका छन् । उनीपछि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन, उनले पाँच पटक जितेका छन् ।

प्रतिक्रिया