Pura Samachar

सेयर बजार आज १४.२९ अकंले घटेर १८६४.४० बिन्दुमा

प्रकाशित: October 31, 2023
पूरा समाचार

सेयर बजार आज १४.२९ अकंले घटेर १८६४.४० बिन्दुमा

काठमाडौँ । पछिल्लो सयममा सेयर बजारका लगानीकर्ता निराश छन् । सेयर बजारले गति लिन नसक्दा लगानीकर्ताले नियामकलाई दोष दिइरहेका छन् । धितोपत्र बोर्डले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत आइपीओ निष्कासनको अनुमति दिएको भन्दै लगानीकर्तामा निराश पैदा भएको छ । प्रिमियममा आइपीओ निष्कासन गरेको सोनापुर मिनरल्स कारोबार आएको तेस्रो दिन समेत नकारात्मक सर्किट लागेको छ । यता, प्रिमियममा आइपीओ निष्कासन गरेको घोराही सिमेन्टको समेत सेयर मूल्य ओरालो लागेको छ । सोहि कारण पनि लगानीकर्ता डराएका छन् ।

दशैं पछिको पहिलो कारोबारको दिन राताम्य भएको बजार हिजो भने सामान्य सुधार आएको थियो । फेरी आज आएर बजारले ओरालो यात्रा तय गरेको छ । लगानीकर्ताको मनोबल कमजोर भइरहँदा बजारले सुधारको बाटो तय गर्ने सकेको छैन । अहिले सामाजिक संजालमा समेत केहि ब्यक्तिले सेयर बजारबारे नकारात्मक टिकाटिप्पणी गरि रहेका छन् । सोहि कारण पनि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन ।

बजार आज १४.२९ अकंले घटेर १८६४.४० बिन्दुमा बन्द भएको छ । आज २८६ कम्पनीको २२ लाख ५८ हजार १८७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड १४ लाख ८३ हजार २७६ रुपैयाँको कारोबार भएको छ

प्रतिक्रिया