Pura Samachar

इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना बलियो

प्रकाशित: November 5, 2023
पूरा समाचार

इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना बलियो

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा इङ्ल्याण्डलाई हराउँदै अष्ट्रेलियाले सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

शनिबार राति इङ्ल्याण्डलाई ३३ रनले हराउँदै अष्ट्रेलिया १० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । उसले अझै दुई खेल खेल्न बाँकी छ ।

यो नतिजाले पाकिस्तान र न्युजिल्याण्डलाई केही असहज बनाएको छ । साविक विजेता इङ्ल्याण्ड भने विश्वकपबाट औपचारिक रुपमा बाहिरिएको छ ।

२८७ रनको लक्ष्य पछ्याएको इङ्ल्याण्ड ११ बल अघि नै २५३ रनमा अलआउट भयो । बेन स्टोक्सले ६४ रन बनाएपनि टिमलाई हारबाट जोगाउन सकेनन् ।

अष्ट्रेलियाका लागि एडम जम्पाले ३ तथा मिचेल स्ट्राक, जोस हेजलउड र प्याट क्यूमिन्सले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ३ बल अघि नै अलआउट हुँदै २८६ रन बनाएको थियो ।

प्रतिक्रिया