Pura Samachar

टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

प्रकाशित: November 5, 2023
पूरा समाचार

टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

दुवै टोली आगामी वर्ष हुने विश्वकपका लागि छनोट भइसकेका छन् । खेल विहान ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

समूह चरणको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । आज नेपाल त्यसको बदला लिँदै प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया