Pura Samachar

सुर्यकुमार यादवको कप्तानीमाअस्ट्रेलियाविरुद्ध ट्वान्टी २० श्रृंखलाका लागि १५ सदस्य अन्तिम टोली घोषणा

प्रकाशित: November 21, 2023
पूरा समाचार

सुर्यकुमार यादवको कप्तानीमाअस्ट्रेलियाविरुद्ध ट्वान्टी २० श्रृंखलाका लागि १५ सदस्य अन्तिम टोली घोषणा

काठमाडौं । भारतले अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० श्रृंखलाका लागि १५ सदस्य अन्तिम टोली घोषणा गरेको छ ।

यहि नोभेम्बर २३ बाट सुरु हुने आइडीएफसी फर्स्ट ब्यान्क श्रृंखलाका लागि भारतले सोमबार सुर्यकुमार यादवको कप्तानीमा अन्तिम टोली घोषणा गरेको हो ।

घरेलु भूमिमा भारतले अस्ट्रेलियाविरुद्ध पाँच ट्वान्टी २०  खेल खेल्नेछ । खेल भाइज्याग, त्रिवेन्द्रम, गुवाहाटी, नागपुर र हैदराबाद शहरमा हुनेछन् ।

भारतले आइतबार मात्र अस्ट्रेलियासँग एकदिवसीय विश्वकप फाइनल खेल गुमाएको थियो । यस श्रृंखलाका लागि भारतले विश्वकप खेलेका अधिकांश खेलाडीलाई आराम दिएको छ ।

भारतीय टोलीः
सुर्यकुमार यादव(कप्तान), रुटुराज गाइक्वाद, (उपकप्तान), इशन किशन, यशस्वी जैसवाल, तिलक वर्मा, रिंकु सिंह, जितेश शर्मा (विकेटकिपर), वाशिङ्टन सुन्दर, अक्षर पटेल, शिवम दुबे, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसीद कृष्ण, आवेश खान, मुकेश कुमार

श्रेयस ऐयर अन्तिम दुई खेलमा उपकप्तानको भूमिकामा टोलीसँग जोडिनेछन् ।

प्रतिक्रिया