
काठमाडौँ । मंसिर महिना शुरु भएसँगै सुनको मूल्य निरन्तर उकालो लागेको छ । मंसिर विवाह तथा अन्य शुभ साइतको महिना हुने भएकाले यो बेला अन्य समय भन्दा धेरै सुनको माग हुने गरेको छ ।
बुधबार सुन तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, मंगलबार एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसाय महासंघले जनाएको छ ।
प्रतिक्रिया