Pura Samachar

नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द

प्रकाशित: November 22, 2023
पूरा समाचार

नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द

आज बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको हो। साताको चौथोकारोबार दिन आज (बुधबार) बजार परिसूचक नेप्से २०.६७ अंकले वृद्धि हुँदा १८५०.३३ को विन्दुमा रोकिएको छ। त्यसैगरी,आज सेन्सेटिभ इण्डेक्स २.१५ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंक बढेको छ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। नेप्से बढेसंगै आज कारोबार रकम पनि हिजो मंगलबारको तुलनामा केही बढेको छ। हिजो मंगलबार ९६ करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा आज २९४ स्टकको ४३ हजार ५८३ पटकको कारोबारमा १ अर्ब ८  करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता शेयर कारोबार भएको छ।

आज १९५ स्टकको मूल्य बढेको छ भने ४० स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य स्थिर रहेको छ। जसमध्ये, आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.४९ प्रतिशत बढेको छ भने जलविद्युत कम्पनीहरुको उपसमूहको परिसूचक पनि  २.३६ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, म्युचुअल फण्ड उपसमूहको परिसूचक भने सामान्य घटेको छ।

कारोबार रकमका आधारमा आज सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शेयर शीर्ष स्थानमा, १० करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक शेयर १० करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक लिमिटेडको संस्थापक शेयर करिब ५ करोडको शेयर कारोबार भएको छ।

प्रतिक्रिया