Pura Samachar

भारतले अष्ट्रेलियालाई हरायाे

प्रकाशित: November 24, 2023
पूरा समाचार

भारतले अष्ट्रेलियालाई हरायाे

काठमाडौं : ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो भारतले अष्ट्रेलियालाई पराजित गरेको छ।

विसाखापटनमस्थित डाक्टर राजाशेखर रेड्डी क्रिकेट रंगशालामा  २०९ रन पछ्याएको भारतले एक बल बाँकी हुँदै ८विकेट गुमाएर  लक्ष्य भेट्टायो।

भारतका लागि कप्तान सुर्यकुमार यादवले सर्वाधिक ८० रन बनाए। इसान किसनले ५८ रनको पाली खेल्दा रिंकु सिंहले २२ तथा यसस्वी जैसवालले २१ रन बनाए।

अष्ट्रेलियाका तनवीर सांगाले २ विकेट लिए।

त्यस अघि टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले जोस इङ्लिसको शतकप्रेरित खेलमा घरेलु टोली भारतसामू २ सय ८ रन बनाएको थियो।

अस्ट्रेलियाका लागि इङ्लिसले ५० बलमा ११ चौका र आठ छक्काको मद्दतले सर्वाधिक १ सय १० रनको योगदान गरे। यसैगरी स्टिभ स्मिथले ४१ बलमा आठ चौकाको मद्दतले ५२, टिम डेविडले अविजित १९ र म्याथ्यु सर्टले १३ रन बनाए।

दोस्रो विकेटका लागि १ सय ३० रनको साझेदारी गरे। भारतका लागि रवी बिश्नाई र प्रसिद्ध कृष्णले समान एक विकेट लिए।

अष्ट्रेलियाविरुद्ध ५ टी–२० सिरिज दोस्रो खेल त्रिवान्तपुरममा नोभेम्बर २६ मा, तेस्रो खेल गुहाटीमा नोभेम्बर २८ मा, चौथो खेल रायपुरमा डिसेम्बर १ मा र  पाँचौं खेल बेंगलुरुमा डिसेम्बर ३ मा हुनेछ।

प्रतिक्रिया