Pura Samachar

साविक विजेता काठमाडौं रेजर्सकाे विजयी सुरूवात

प्रकाशित: November 24, 2023
पूरा समाचार

साविक विजेता काठमाडौं रेजर्सकाे विजयी सुरूवात

काठमाडौं । नेपाल सुपर लिगमा साविक विजेता काठमाडौं रेजर्सले विजयी सुरूवात गरेको छ ।

शुक्रबार साँझ दशरथ रंगशालामा भएको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलामलाई १-० गोलले पराजित गरेको हो ।

काठमाडौंको जितमा राजीव लोप्चन नायक सावित भए । उनले खेलको ५१ मिनेटमा गरेको गोल निर्णायक बन्यो उनी दोस्रो हाफको सुरुमै मैदानमा प्रवेश गरेका थिए । यस जितसँगै काठमाडौंले ३ अंक बटुलेको छ भने इलाम शून्य अंकमै सीमित रह्यो ।

 

facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया