Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: November 26, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य उकालो लागेको छ । सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १६ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, गत शुक्रबार एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया