Pura Samachar

दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित

प्रकाशित: November 26, 2023
पूरा समाचार

दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित

राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर सडक आन्दोलनमा होमिएका दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित भएको छ ।  बल्खु, तीनकुने र हिजो सिफल क्षेत्रमा प्रदर्शन गरेका मेडिकल व्यवसायी प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताएको हो । सूचना जारी गर्दै अभियानले आज कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । ति स्थानमा प्रदर्शनका लागि स्वीकृति नदिएको प्रशासनले जनाएको छ । अस्ती काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएर गर्न दिएको थिएन । त्यसपछि हिजो सिफल चौरमा कार्यक्रम गरेको थियो । कार्यक्रममा महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग गर्न युवाहरुलाई आह्वान गरेका थिए ।  पार्टीको झण्डा छाडेर राष्ट्रिय झण्डासहित आफूले चालेको भ्रष्टाचार र वेथितिविरुद्धको आन्दोलमा सहभागी हुन उनले आह्वान गरेका हुन । प्रसाईं समूहले बिहीबारबाट काठमाडौं उपत्यकामा बृहत नागरिक मुक्ति आन्दोलन नामक आन्दोलन गरिरहेका छ ।

प्रतिक्रिया