Pura Samachar

धनगढी एफसीकाे विजयी सुरुवात

प्रकाशित: November 27, 2023
पूरा समाचार

धनगढी एफसीकाे विजयी सुरुवात

नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा धनगढी एफसीले विजयी सुरुवात गरेको छ।

धनगढीले आइतबार साँझ भएको खेलमा वीरगञ्ज युनाइटेड एफसीमाथि २-१ गोलको जित निकाल्यो।

खेलको दोस्रो मिनेटमा फोफनाको गोलबाट धनगढीले अग्रता लियो।

तर पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जका हान्स कोफीले पेनाल्टीमार्फत बराबरी गोल फर्काए। खेल सकिन एक मिनेट बाँकी छदा अहमद हिजाजीले गोल गर्दा धनगढीले २-१ अग्रता लिँदै जिततर्फ अघि बढेको थियो।

प्रतिक्रिया