Pura Samachar

नेपाल पुलिस क्लवकाे केपी ओली कपमा विजयी सुरुवात

प्रकाशित: November 27, 2023
पूरा समाचार

नेपाल पुलिस क्लवकाे केपी ओली कपमा विजयी सुरुवात

पोखरा । कुशल भुर्तेलको शतकको मद्दतले  पोखरामा विभागीय क्लव नेपाल पुलिस क्लवले केपी ओली कपमा विजयी सुरुवात गरेको छ ।

आइतबार पोखरा क्रिकेट रंगशालामा भएको समुह सी को पहिलो खेलमा नेपाल पुलिस क्लवले मधेश प्रदेशलाई  ५७ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ  गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक १०२ रन बनाए । उनले ५७ बल खेल्दा ८ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै पुलिसका सुनिल धमलाले ४७ बलमा ४ चौका प्रहार गर्दै ४५ रन बनाए । पुलिसका करण केसी १६ र आरिफ शेख ६ रनमा नटआट रहे ।

मधेशका लागि विशाल गुरुङ र विशाल पटेलले समान दुई दुई विकेट लिँदा रुपेश सिंहले एक विकेट लिए । पुलिसले दिएको १७६ रनको लक्ष्य पछ्याएको मधेश प्रदेश १८.२ ओभरमा ११८ रनमा सीमित भयाे । मधेश प्रदेशका चार खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । रुपेश सिंहले मधेशका लागि सर्वाधिक ४० रन बनाए ।

इमरान शेखले २२ रन जोड्दा रोहन विक र राकेश कामतले १०–१० रनको योगदान गरे । मधेश प्रदेशलाई रोक्न करण केसी, राशिद खान, ललित नारायण राजवंशी र सागर ढकालले दुई दुई विकेट र कुशल भुर्तेलले एक विकेट लिए ।

प्रतिक्रिया