Pura Samachar

इलाम एफसीकाे नेपाल सुपर लिगमा पहिलो जित हात

प्रकाशित: November 28, 2023
पूरा समाचार

इलाम एफसीकाे नेपाल सुपर लिगमा पहिलो जित हात

काठमाडौं : नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिगमा पहिलो जित हात पारेको छ।

इलामले अञ्जन विष्ट नेतृत्वको झापा एफसीलाई एक-शून्य गोलले पराजित गरेको हो। इलामको जितमा अमाथा एनडअले निर्णायक गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

प्रतिस्पर्धात्मक बनेको खेलको ८२औं मिनेटमा इलामले पेनाल्टीको मौका पायो। झापाका योगेश गुरुङले भरत खवासलाई फाउल गरेपछि इलामलाई पेनाल्टी दिइएको थियो।

अमाथ पेनाल्टीमा चुके। उनको प्रहार पोस्टमाथि बाट बाहिरिएको तियो। तर उनैले आफ्नो गल्ती सच्चाउँदै इलामलाई पहिलो जित दिलाएका हुन्।

खेल सकिन ३ मिनेट बाँकी हुँदा अमाथाले डेडलक तोडेका थिए। सोही गोल इलामलाई ३ अंक जोड्न निर्णायक साबित भयो। इलाम खेलमा साबिक विजेता काठमाडौं रेजर्ससँग पहिलो खेलामा हार  बेहोरेको थियो ।

झापा भने सिजनको आफ्नो पहिलो खेलमै पराजित हुन पुग्यो। इन्जुरी समयमा गोलकिपर विकेश कुथूले झापालाई बराबरी गोल फर्काउनबाट रोकेका थिए। लिगमा आज (मंगलबार) चितवन एफसी र काठमाडौंबीच खेल हुनेछ।

प्रतिक्रिया