Pura Samachar

ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दै

प्रकाशित: November 29, 2023
पूरा समाचार

ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दै

काठमाडौं |नेपाल सुपर लिगको दोस्रो सिजन अन्तर्गत बुधबारको खेलमा ललितपुर सिटी फुटबल क्लब र पोखरा थन्डर्सले खेल्दैछन् । खेल साँझ ५:३० बजे दशरथ रंगशालामा सुरु हुनेछ ।

पोखरा र ललितपुर दुवैले पहिलो खेलमा जित दर्ता गरेका थिए । पोखराले पहिलो खेलमा चितवनलाई हराउँदा आइकोनिक खेलाडी तथा कप्तान दिनेश राजवंशीले राम्रो प्रदर्शन गरेका थिए । खेलमा मोजेस ग्याबाले दोस्रो हाफको मध्यतिर गरेको गोल निर्णायक सावित भएको थियो ।

यता ललितपुरले भने बुटवल लुम्बिनीलाई २-० ले हराएको थियो । दिनेश हेन्जन र अनन्त तामाङको पहिलो हाफको गोलमा ललितपुरले सहज जित दर्ता गरेको थियो । नाइजेरियन फरवार्ड इमोह एजेकेलले ललितपुरका लागि प्रभावशाली प्रदर्शन गरेका थिए ।

उक्त खेलमा ललितपुरले ४ विदेशी खेलाडी मात्र प्रयोग गरेको थियो । आज ललितपुरबाट अजरबैजानका विंगर नुर्लान नोभ्रुजोभ पनि टोलीमा सामेल हुँदैछन् । उनले अघिल्लो सिजन पनि यसै क्लबबाट खेलेका थिए ।

आजको खेलमा विजयी हुने टोलीले अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । गत सिजन यी दुई टोलीको खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।

सम्भावित सुरुवाती ११ :

ललितपुर :

जेफ्री बाल्टुस, अनन्त तामाङ, करीम ओमोलोजा, सनिश श्रेष्ठ, संजित राई, सेसेहाङ आङदेम्बे, विवेक पौडेल, निखिल कदम, दिनेश हेन्जन इमोह एजेकेल, पापा इबु केबे

पोखरा :

एभ्स प्रिसो, दिनेश राजवंशी (कप्तान), पदम भट्टराई, अन्जल महर्जन, फ्रान्कलिन टाला, सुरज जिउ ठकुरी, जो आइडू, मोहेस ग्याबा टुम, आयुष घलान, स्टेफन कोजो पापा, संजिव विष्ट

प्रतिक्रिया