Pura Samachar

ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी

प्रकाशित: November 30, 2023
पूरा समाचार

ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी

काठमाडौं – नेपाल प्रिमियर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल बराबरी भएको छ ।

दशरथ रङ्गशालामा भएको खेलमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो । एनएसएलको पहिलो खेल जितेका दुबै टोली दोस्रो जितको खोजीमा मैदान उत्रिएका थिए ।

दुबै टीमले गोलका केही अवसर बनाए पनि फिनिसिङ गर्न सकेनन् । यस सिजनको यो पहिलो गोलरहित बराबरी हो ।

प्रतिक्रिया