Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा

प्रकाशित: November 30, 2023
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन समेत राताम्य यात्राले निरन्तर पाएको छ । साताको पहिलो कारोबारको दिन हरियालीले स्वागत भएको बजार त्यस यताका चार वटै कारोबारमा भने ओरालो बाटो तय गर्यो ।

सेयर बजारमा आएको निरन्तरको गिरावटले लगानीकर्तामा निराश पैदा भएको छ । लगानीकर्ताको मनोबल कमजोर भन्दै गएको अवस्था छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आउनमा ढिलाई भइरहेको छ । लगानीकर्तालाई मौद्रिक नीतिले कहिले खुसी बनाउन सकेको छैन सोहि कारण पनि लगानीकर्ता डराएको अवस्था छ । नियामक निकायले सेयर बजारलाई फाइदा हुने गरी मौद्रिक नीति बन्ने आश्वासन दिने गरे पनि अन्तिममा लगानीकर्तालाई रुष्ट बनाउने विगतको घटना रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०६ अकंले घटेर १८५८.५३ बिन्दुमा बन्द भएको छ । बिहिबार २८९ कम्पनीको ४५ लाख ९५ हजार ५५३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड ३५ लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

साताको अन्तिम कारोबारको दिन म्युचुअल फण्ड समूहको सेयर मूल्य बाहेक अन्य १२ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९१ प्रतिशत, विकास बैंक समूहको ०.५९ प्रतिशत, फाइनान्स समूहको १.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशत गरी १२ उपसूचकको सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया