Pura Samachar

धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हरायाे

प्रकाशित: November 30, 2023
पूरा समाचार

धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हरायाे

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हराएको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा धनगढीले लुम्बिनीलाई १-० ले हराएको हो ।

धनगढीको जितमा ओलावले अफिजले विजयी गोल गरे ।

बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा अफिजले गोल गरेका थिए ।

अहमद इजाजीले मैदानको मध्य भागबाट निकालेको पासमा अफिजले सुन्दर गोल गरेका थिए ।

धनगढी लगातार दोस्रो जित सहित लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीले २ खेलबाट ६ अंक जोडेको छ । बुटवल लगातार दोस्रो खेलमा पराजित बनेको हो । बुटवल प्रतियोगितामा अंक विहीन छ ।

प्रतिक्रिया