Pura Samachar

बिरगञ्ज युनाईटेड एफसी र एफसी चितवन भिड्दै

प्रकाशित: December 1, 2023
पूरा समाचार

बिरगञ्ज युनाईटेड एफसी र एफसी चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा शुक्रबार बिरगञ्ज युनाईटेड एफसी र एफसी चितवन भिड्दैछन् ।

दशरथ रंगशालामा हुने खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।

चितवन प्रतियोगिताको तेस्रो र विरगञ्ज दोस्रो खेलमा आमने सामने हुन लागेका हुन् ।

चितवनले पहिलो खेल पोखरा थन्डर्ससँग गुमाएको छ । अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा काठमाडौंसँग १–१ गोलको बराबरी खेल्दै अंक बाडेको थियो । तेस्रो खेलमा उत्रदै गर्दा चितवन पहिलो जितको खोजीमा हुनेछ ।

अंक तालिकामा अघि बढ्नुपर्ने चुनौती समेत चितवनलाई छ । काठमाडौंविरुद्ध सुधारिएको प्रर्दशन गरेपनि चितवनले स्पष्ट जित दर्ता गर्न भने सकेन । लयमा फर्किएको प्रमाण दिन पनि विरगञ्जविरुद्ध स्पष्ट अंक बटुल्ने दबाब चितवनसँग हुनेछ ।

पहिलो पटक एनएसएल खेल्दै गरेको विरगञ्जले पहिलो खेलमा हार ब्यहोर्यो । पहिलो खेल धनगढीलाई २–१ ले सुम्पिएको विरगञ्जलाई दोस्रो खेलमा जित निकाल्नुपर्ने दबाबमा छ ।

पहिलो खेल गुमाएपनि धनगढीलाई कडा टक्कर दिएको विरगञ्जले चितवनविरुद्ध जितको कोशिश गर्नेछ । तालिकामा अंक विहीन विरगञ्ज पहिलो जितको खोजीमा छ ।

चितवनको २ खेलबाट १ अंक र विरगञ्जको १ खेलबाट शुन्य अंक छ ।

प्रतिक्रिया