Pura Samachar

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

प्रकाशित: December 3, 2023
पूरा समाचार

सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको हो । साताको पहिलो कारोबारको दिन मै सुन हालसम्म कै उच्च भएको हो ।

विवाहको सिजन मै सुन मूल्य आकाशिएसँगै उपभोक्तालाई मार परेको छ । आज एकै दिन सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया