
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सोमबार झापा एफसी र साविक विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल दशरथ रंगशालमा साँझ ५ बजे शुरु हुनेछ।
झापा र काठमाडौं दुवै आज आफ्नो तेस्रो खेल खेल्दै छन्। दुई खेलमा एक जित र एक बराबरी खेलेको काठमाडौं चार अंकसहित तालिकाको चौथो स्थानमा छ। काठमाडौंलाई आजको खेल जित्दै शीर्ष स्थानको धनगढी एफसीसँग अंक बराबरी गर्ने मौका छ।
यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामलाई पराजित गर्दै बुटवल लुम्बिनी एफसीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको थियो।
प्रतिक्रिया