Pura Samachar

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा

प्रकाशित: December 5, 2023
पूरा समाचार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा

काठमाडौँ । बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्दै गएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.१० अकंले घटेर १८३७.७१ बिन्दुमा बन्द भएको छ । मंगलबार २९२ कम्पनीको ४६ लाख ९८ हजार ६८२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५४ करोड ४९ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सिंगटी हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सिभिल बैंकको डिबेञ्चरको ७.३६प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ४.२९ प्रतिशत र माहुली लघुवित्तको ३.९२ प्रतिशतले सेयर मूल्य बढेको हो ।

प्रतिक्रिया