Pura Samachar

सुनको मूल्य बढयाे

प्रकाशित: December 14, 2023
पूरा समाचार

सुनको मूल्य बढयाे

काठमाडौँ । लगातार चार दिने ओरालो लागेको सुन आज भने बढेको छ । सुन आज एकै दिन तोलामा दुई हजार ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा एकैदिन ५५ रुपैयाँले बढेकोछ । बिहिबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया