Pura Samachar

ललितपुर सिटी फुटबल क्लब र झापा फुटबल क्लबको खेल बराबरी

प्रकाशित: December 16, 2023
पूरा समाचार

ललितपुर सिटी फुटबल क्लब र झापा फुटबल क्लबको खेल बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत ललितपुर सिटी फुटबल क्लब र झापा फुटबल क्लबको बराबरी खेलेका छन् ।

दशरथ रंगशालामा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

खेल अवधिभर दुवै टिमले गोलको प्रयास गरेका थिए । तर दुवै टिम गोल गर्न असफल रहे ।

ललितपुरको ६ खेलबाट १० अंक भएको छ । ललितपुर तालिकाको दोस्रो स्थानमा यथावत छ ।

अंक बाँड्न परेपछि ललितपुरले लिग तालिकाको शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ । झापा ७ अंक सहित तालिकाको पाँचौं स्थानमा छ ।

शनिबार एनएसएल अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् ।

प्रतिक्रिया