Pura Samachar

बङ्ग्लादेश र यूएई १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

प्रकाशित: December 16, 2023
पूरा समाचार

बङ्ग्लादेश र यूएई १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा प्रवेश

काठमाडौं ।  भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।   शुक्रवार भएको दोस्रो सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायो ।

भारतले दिएको १ सय ८९ रनको लक्ष्य बङ्ग्लादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । बङ्गलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जोडे । बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्ड–२ मा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४२ ओभर ४ बलमा १ सय ८८ रन बनाउँदा अल आउट भयो । भारतका मुरुगन अभिषेकले ६२ र मुशीर खानले ५० रन बनाए । बलिङतर्फ बङ्गलादेशका मरुफ मृधाले ४ विकेट लिए ।

पाकिस्तानलाई हराउँदै यूएई पहिलो पटक एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ ।  शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायो । अविश्सनीय र उत्कृष्ट प्रदर्शन गर्दै यूएई फाइनलमा पुग्यो ।
पहिले ब्याटिङ गरी १ सय ९३ रन बनाएको  युएईले पाकिस्तानलाई  ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट गर्यो । पाकिस्तानका कप्तान साद बागले ५० र अजान अवैसले ४१ रन बनाए । तर हार टरेन् । बलिङतर्फ अयमान अहमद र हार्दिक पाईले समान २ विकेट लिए । पाकिस्तानका ३ जना खेलाडी रन आउट भए ।

यसअघि दुबईको आईसीसी एकेडेमीमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४७ ओभर ५ बलमा १ सय ९३ रन बनाएर अल आउट भयो । यूएईका कप्तान आयान  अफजल खानले ५५ र आर्यन्श शर्माले ४६ रन बनाए । बलिङतर्फ पाकिस्तानका उबैद शाहले ४ तथा अली अस्फन्द र अर्फत मिन्हान्सले समान २ विकेट लिए ।

प्रतिक्रिया