Pura Samachar

गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने

प्रकाशित: December 17, 2023
पूरा समाचार

गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने

काठमाडौं – आज गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

देशभर चिसो बढेकाले त्यसबाट हुन सक्ने असरबाट बच्‍न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

पश्‍चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ।

आज राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। गण्डकीको उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया